सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

०४ कात्तिक, सर्लाही । राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा नयाँ शाखा विस्तार गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ न. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो । 

यो शाखा बिस्तार संगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । बैंकले हाल आफ्नो २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गदै आएको छ ।

 



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment