बिहीबारको सेयर बजार दोहोरो अंकले घट्यो : 2 अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच

०४ कात्तिक, काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार ६० अंकले उकालो लागेको नेप्से परिसूचक बिहीबार १४.७० अंकले घटेर २५५६.९६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले घटी हो ।

बिहीबारको बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनभरको कारोबारमा अधिकतम २५८५ पुगेको परिसूचक घटेर न्यूनतम २५४४ बिन्दुसम्म झरेको थियो ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । बुधबार २ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार जम्मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश वाणिज्य बैंक रहेका छन् । बिहीबार सानिमा, माछापुच्छ्रे, नबिल र सिद्धार्थ बैंक बढी कारोबार गर्नेको अग्रस्थानमा रहेका छन् । जसमध्ये सानिमा बैंकको सबैभन्दा बढी अर्थात २७ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको माछापुच्छ्रे बैंकको ११ करोड ५६ लाख रुपैयाँ, तेश्रोमा रहेको नबिलको ९ करोड ६४ लाख र सिद्धार्थ बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६९५ रुपैयाँ पुगेको छ ।

बिहीबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.८७ प्रतिशतले घटेको छ । बुधबारको तुलनामा संस्थाको सेयर मूल्य १७.६० रुपैयाँले घटेर प्रतिकित्ता २८२ रुपैयाँमा झरेको छ ।

बजारमा म्युचुअल फण्ड र अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment