१० अर्ब रुपैयाँको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

०४ कार्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गरेको हो।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ११ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्ने छन्। 
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्द छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarKathmandunepalNepal Rastriya BankNewstechnology
Comments (0)
Add Comment