धान पाक्ने बेलाको वर्षा र बाढीले तनहुँमा २० प्रतिशत उत्पादन घट्ने

०२ कात्तिक, दमौली । केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ । वर्षाले काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको कृषकले बताएका छन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले काटेर थन्क्याउन बाँकी रहेको धान पानीले क्षति पु¥याएको जानकारीदिनुभयो । चार रोपनी क्षेत्रफलमा लगाइएको धानमध्ये डेढ रोपनीको धान काटेर भित्र्याउन बाँकी रहेको बेला पानीले क्षति बनाएको बताउनुभयो ।

“एक रोपनीको धान झाटेर थन्क्याइसके, बाँकी डेढ रोपनीको काटेर मात्रै राखेको थिएँ, पानीले बिगागयो उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको नयाँ प्रजातिको धान भएकाले छिटो पाकेको उहाँले बताउनुभयो । यहाँ अरू कृषकको धान पाकेको छैन, मैले नयाँ प्रजातिको धान लगाएको थिएँ छिटो पाक्दो रहेछ उहाँले भन्नुभयो । पौडेलका अनुसार काट्न बाँकी रहेको धान भने खेतमै रहेको छ ।

शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा पनि वर्षाले धानबालीमा क्षति पुगयाएको छ । नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डितले काटेर राखेको साढे चार सय रोपनीको धान पानीले बिगारेको जानकारी दिनुभयो । काटेर खेतमै छाडिएको धान पानीले बिगारेको छ, घाम लागेर सुक्यो भने काम आउला, उहाँले भन्नुभयो, सुकेपछि उठाउँदा झर्ने सम्भावना पनि हुन्छ ।

दुई दिनको वर्षाले जिल्लाका अधिकांश ठाउँमा धान बिगारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लाको व्यास, शुक्लागण्डकी, म्याग्दे, आँबुखैरेनी लगायतका धानखेतमा वर्षाले नोक्सान गरेको छ । यो वर्ष करिब २०÷२५ प्रतिशत धान उत्पादन घट्ने अनुमान छ उहाँले भन्नुभयो ।

केन्द्रका अनुसार जिल्लामा ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैतेधान हुने गरेको छ । गत वर्ष एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AgricultureBadi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment