विराटनगरको लागि गुण एयरलाइन्सको नियमित उडान सुरु

३० आश्विन, काठमाडौं । आन्तरिक हवाई कम्पनी गुण एयरलाइन्स ले ३० सिटको जेट्स्ट्रीम जहाजद्वारा आजबाट विराटनगरको लागि नियमित उडान सुरु गरेको छ ।

उडानको पहिलो दिननै विराटनगरमा यात्रु हरुबाट पूर्ण साथ प्राप्त भएकोले गुण एयरलाइन्स उत्साहित भएको छ। आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमानबाट उडान थाल्ने क्रममा गुण एयरलाइन्सले यस अघि भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा र नेपालगन्जमा भने नियमित उडान सुरु गरिसकेको छ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सिमरा र सुर्खेतको लागि केही दिनमै उडान भर्नेगरि तयारी गरिएको छ।

नेपाली हरुको महान चाड दशैलाइ लक्ष्यित गर्दै यात्रुहरु लाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाँकी नराख्ने र गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा जाने थापा बाताउनुहुन्छ।

उडान सुरु गरिएको गन्तव्य हरुमा यात्रु हरुबाट राम्रो साथ पाएको र यसबाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भएको छ।



मल्टिमिडिया ग्यालरी

BiratnagarbusinessCoronavirusCovid-19digital khabarFlightGuna AirlineshealthLockdownnepalNewsPoliticRegular Flighttechnology
Comments (0)
Add Comment