भारतविरुद्ध गोर्खाली पारामा खेल्छौँ : कप्तान किरण चेम्जोङ 

३० असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले फाइनल खेल गोर्खाली पारामा खेल्ने बताएका छन् ।

नेपालले साफ च्याम्पियनसिप २०२१ को फाइनलमा शनिबार भारतको सामना गर्दैछ । त्यसको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा कप्तान चेम्जोङ फाइनलमा शतप्रतिशत दिएर खेल्ने बाएका हुन् ।

उनले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमीमा इतिहास बनाउने लक्ष्यमा रहेको पनि बताए । फाइनल खेलको लागि आफ्नो टोली तयार भएको उनको भनाइ छ ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deubadigital khabarKinan ChemjongLockdownnepalNewsPMPoliticsSaffSansodanSports Newstechnology
Comments (0)
Add Comment