साफ च्याम्पियनसिप : नेपालसहित चारै टोलीलाई फाइनल पुग्ने अवसर

२७ असोज, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा राउन्ड रोविनको अन्तिम खेल सम्म पनि रोमाञ्चक हुने भएको छ । १३ औं संस्करणमा आइपुग्दा पहिलो र यसपटक मात्र राउन्ड रोविनका आधारमा च्याम्पियनसिप आयोजना भइरहेको छ ।

बाँकी ११ वटा संस्करण दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतियोगिता अघि बढ्थ्यो । ती संस्करणमा सेमिफाइनल भएका थिए । पहिलो संस्करणमा जस्तै यसपटक सेमिफाइनल हुने छैन । राउन्ड रोविनपछि शीर्ष २ टोलीले असोज ३० गते फाइनल खेल्नेछन् । सहभागी ५ राष्ट्रमध्ये सबै ४ खेल खेलिसकेको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको छ । बाँकी ४ टोली उपाधि दौडमा छन् ।

राउन्ड रोविनको अन्तिम दिन बुधबार हुने दुई खेलले फाइनल पुग्ने दुई टोलीको तय हुनेछ । समान ६ अंक भएका नेपाल शीर्षस्थानमा, माल्दिभ्स दोस्रो, ५ अंकका साथ भारत तेस्रो, ४ अंकसहित बंगलादेश चौथो स्थानमा छ । श्रीलंका भने १ अंक जोड्दै लिग चरणबाट नै बाहिरिएको छ ।

सेमिफाइनल सरहका खेल

यसपटक सेमिफाइनल खेल छैनन् । तर अन्तिम दिन हुने दुई खेलमा ४ मध्ये २ टोलीको एउटा र २ टोलीको अर्को अवस्था छ । दुई टोलीका लागि सेमिफाइनल अर्थात् नकआउट जत्तिकै अर्थ बोक्ने खेल छन् । २ टोलीलाई भने बराबरीले पनि फाइनल यात्रा पक्का हुनेछ । नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुने खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

राती ९ः४५ मा सुरु हुने अर्को खेलमा भारत र माल्दिभ्सले एकअर्काको सामना गर्नेछन् । परिस्थिति यस्तो छ कि पहिलो खेल सकिदा एउटा र अर्को खेल सकिदा फाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । नेपाल र माल्दिभ्सको अवस्था उस्तै छ भने भारत र बंगलादेशको अवस्था उस्तै छ । पहिलो खेलमा नेपाल विजयी भएमा वा बराबरमा रोकिएमा पनि अघिल्लो चरण पुग्नेछ । विजयी भएको अवस्थामा नेपालको ९ अंक हुनेछ र टोली स्वतः पहिलो पटक फाइनल पुग्नेछ । यदि बराबरी भएको खण्डमा पनि नेपाल ७ अंकसहित अन्तिम दुईमा पुग्नेछ ।

अर्को खेलको नतिजाले नेपाललाई असर गर्ने छैन । यदि पहिलो खेलमा बंगलादेश विजयी भएको अवस्थामा भने नेपाल बाहिरिनेछ । त्यो अवस्थामा बंगलादेश ७ सहित अघि बढ्नेछ । अर्को खेलको अवस्था पनि उस्तै छ । माल्दिभ्स विजयी भएमा वा बराबरीमा रोकिएपनि फाइनल पुग्नेछ । माल्दिभ्स विजयी भएको खण्डमा ९ अंकसहित स्वतः फाइनल पुग्नेछ । बराबरीमा रोकिएपनि समग्रमा माल्दिभ्स ७ अंकसहित अघि बढ्नेछ । भारतलाई भने फाइनल पुग्नका लागि जितबाहेकको विकल्प छैन । भारत विजयी भएमा भने टोलीको ८ अंक हुनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment