चितवन पुगेर रामचन्द्र पौडेलले भने- कांग्रेसीले अबको चुनावमा रुखमै भोट हाल्न पाउँनुपर्छ

२५ असोज, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसीले आगामी निर्वाचनमा रुखमै भोट हाल्न पाउनुपर्ने बताएका छन् ।

कांग्रेस भरतपुर महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनको विगतको चोट अहिलेसम्म आलै रहेको गुनासो गरे ।

‘कहिले हँसिया-हथौडा, कहिले हलोमा भोट हाल्ने काम यहीँबाट सुरू भयो’, उनले भने, ‘यस्तो दुर्दशा फेरि भोग्नु नपरोस्, कार्यकर्ताले रुखमै भोट हाल्न पाउनुपर्छ ।’ देउवाले कांग्रेसलाई गैरकांग्रेसी चरित्रतिर धकेल्ने प्रयास गरिरहेको आरोप लगाउँदै पौडेलले भने, ‘लोकतन्त्र र कांग्रेस रक्षाका लागि तपाईं-हामी एक भएर उभिनुपर्छ ।’

स्थानीय तहको चुनावमा भरतपुर महानगरको मेयरमा माओवादी नेतृ रेनु दाहाल, संसदीय चुनावमा राप्रपाका नेता विक्रम पाण्डे कांग्रेसको समर्थनमा लडेका थिए ।

लोकतन्त्रको रक्षाको लडाइँमा सधैँ अग्रभागमा लडेको चितवन कांग्रेसको परीक्षाको घडी आएको पौडेलको भनाइ छ ।

उनले सभापति शेरबहादुर देउवाले सत्ताका लागि मनलाग्दी कामहरू गरेको आरोप लगाए । अबको महाधिवेशनबाट गलत व्यक्ति चयन गर्न नहुने तर्क गर्दै पौडेलले भने, ‘जे मन लाग्यो त्यही गरेर पार्टी यो हालतमा पुग्यो । कांग्रेसको प्रतिष्ठा र इज्जतामाथि खेलवाड गर्ने अधिकार सभापति तथा प्रधानमन्त्रीलाई छ ?’ देउवाले विगतमा पार्टी विभाजन हुँदा साथ दिएकाहरूलाई मात्रै कांग्रेसी देखेर अरुलाइ विभेद गरेको उनको जिकिर थियो ।

उनले भने, ‘तान्त्रिक-यान्त्रिक नभन्नुस्, योगदान र क्षमताका आधारमा मूल्यांकन गर्नुस्, म सहयोग गर्छु भनेर मैले भनेकै हो । तर, उहाँले पार्टी फोरेर जाँदा साथ दिएकालाई मात्रै कांग्रेस देख्नुभयो ।’

मन्त्रिपरिषद् विस्तारमा न्यायपालिकाको भागण्डातर्फ संकेत गर्दै पौडैलले सभापति देउवाले लोकतन्त्र अझै अनिश्चित बनेको पौडेलको टिप्पणी छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalnepali congressNewsPoliticRamchandra Poudel
Comments (0)
Add Comment