दीपक र भवानीको जोडी क्वाटरफाइनलमा

२२ असोज, काठमाडौं । दीपक लामा र भवानी थापा दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गरे । सेमिफाइनलमा विजेता जोडीको भेट उमेश राई र देवी पराजुलीको जोडीसंग हुने छ ।

गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगिताको अन्य खेलमा टंक पराजुली र विश्व पौडेलको जोडीले कृष्ण धिताल र लक्ष्मण चौलागाईंको जोडीलाई २१–१७ र २१–१४ तथा बाबुराम ढकाल र भुवल तामाङको जोडीले कृष्ण खतिवडा र विकास न्यौपानेको जोडीलाई २३–२१ र २१–१४ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

त्यस्तै प्रकाश पराजुली र कुमार पन्तको जोडीले सन्तोष बुढाथोकी र भरत बुढाथोकीको जोडीलाई २१–१५ र २१–१२ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment