बेलायती राजनीतिज्ञ हेलेन ग्रान्टलाई नामी कलेजद्वारा स्वागत

२२ असाेज काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा रहेको नामी कलेजले बेलायती राजनीतिज्ञ तथा प्रभावशाली समाजसेवीका साथै सांसदकी सदस्य समेत भएर कार्य गरेकी हेलेन ग्रान्टलाई स्वागत गरेको छ ।

काठमाडौं गोकर्णेश्वरमा रहेको नामी कलेजले नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको साझेदारीमा स्तरीय संकाय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ।

विद्यार्थीहरुलाई समयअनुरूप विभिन्न कार्यशाला, अतिरिक्त क्रियाकलाप र अन्य कार्यक्रमहरू समेत हामीले आयोजना गर्दै आएको कलेजले आज बेलायती राजनीतिज्ञ हेलेन ग्रान्टलाई स्वागत गरेको छ।

कार्यक्रममा मुख्य अतिथि हेलेन ग्रान्टले हरेक महिला विद्यार्थीले कम्तीमा १२ वर्षको गुणस्तरीय शिक्षा पाउन पर्ने तथ्यलाई देश विकासका पूर्वाधारहरुसँग जोडेर व्याख्या गरिन्।

विश्वस्त अभियानसँग महिला शिक्षालाई जोड्दै उनले आगामी दशकसम्म विश्वभरिका कम्तीमा पनि ४० लाख छोरीहरूलाई विद्यालयसँग जोड्ने लक्ष्यलाई जोड दिइन्।

बेलायती राजनीतिज्ञ हेलेन ग्रान्टलाई नामी कलेजद्वारा स्वागत

कार्यक्रमको सभापति रहेकी नेता आरजु राणा देउवाले नेपाल बेलायत सम्बन्धमा प्रकाश पार्दै बेलायती नेतृत्वलाई नेपालमा जलवायु परिवर्तन लगायत अन्य क्षेत्रमा गरिएको सहयोग र साथका लागि धन्यवाद दिइन्।

डाक्टर आरजु राणा देउवाले वास्तविक धरातलमा धेरै कामहरू अझै हुन बाँकी रहेको बताउँदै शिक्षाका माध्यमले मात्र परिवर्तन र रूपान्तरण सम्भव रहेको बताइन् ।

कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटको पनि उपस्थिति थियो। उनले नेपाल बेलायत सम्बन्धका साथसाथै नेपाली शिक्षाको स्तर उन्नतिका लागि हरेक पक्षवाट पैरवी गरिनुपर्ने कुरामा जोड दिइन्।

नामी कलेजले नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको साझेदारीमा विश्वस्तरीय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarDr Arzu DeubahealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment