नेपाली कांग्रेसद्वारा दशैको शुभकामना व्यक्त कोरोना कहरको कारण यो बर्ष चियापान कार्यक्रम नहुने

२१ असोज, काठमाडौं । नजिकिदै गरेको वडा दशैंको उवसरमा नेपाली कांग्रेसले शुभकामना व्यक्त गरेको छ । साथै कोरोना कहरको कारण यो बर्ष चियापान कार्यक्रम नहुने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

महान पर्वहरु हाम्रो घर आँगनमा आइपुगेका छन् । स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदिबहिनी–दाजुभाइमा यो घडी नेपाली कांग्रेस मंगलमय शुभकामना व्यक्त गर्दछ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि नेपाली कांग्रेस सबैलाई अपील गर्दछ ।

नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन ।

खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो । महामारीमाथि विजय हासिल गर्न हामी चांडै नै सफल हुनेछौं भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडा दशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.




मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment