सहमहामन्त्री डा महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

२१ असाेज, काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र सागरशम्शेर राणा हुनुहुन्छ । पाँच दिनको भ्रमणका क्रममा उहाँहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका सहमहामन्त्री डा महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउनुभएको थियो । त्यस भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गर्नुभएको थियो ।

त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत लागेको हो । दिल्ली प्रस्थान गर्नुअघि डा महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“केही अघि भारतीय जनता पार्टीका नेता नेपाल आउनुभयो र आज हामी भारततर्फ जाँदैछौँ, दुई दलबीचको यो भ्रमण आदानप्रदानले आपसी समझ्दारी र एक अर्काप्रतिको बुझाइमा सहयोग पुगयाउने छ ।”

यस्ता भ्रमणका क्रममा आपसी समझ्दारीमा वृद्धि हुनुका साथै दुई दल र त्यसमार्फत् दुवै देशका सरकारसमक्ष आफ्ना सरोकारका कुरा राख्न र आफ्ना विषयवस्तु बुझाउन पनि मद्दत पुग्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेसको यो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीको नेतृत्वमार्फत् नेपालको चासो, हित र सरोकारका विषय भारत सरकारसमक्ष पु¥याउन पनि मद्दत पुग्ने उहाँले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthnepali congressNepali NewsRain
Comments (0)
Add Comment