नवरात्रभर यी नवदेविहरुको पुजा, अर्चना यसरी गर्नुपर्दछ

२१ असाेज, काठमाडौं । नवरात्रभर यी नवदेविहरुको पुजा, अर्चना गर्नुपर्दछ । सो देविहरुको नाम र कुनदिन देवीलाई के निवैद्द चढाएर पुजा, अर्चना गर्नुपर्दछ हामीहरु सवैले बुझेर गर्नु पर्दछ !

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

१, परेवाको दिन शैलपुत्री देवीको पूजा , अर्चनागरी नैवेद्द घ्यू,
२, द्वितीयाको दिन ब्रह्मचारिणी देवीको पूजागरी नैवेद्द शख्खर,
३, तृतीयाको दिन चन्द्रघण्टा देवीको पूजागरी नैवेद्द दुध,
४, चौंथीको दिन कुश्माण्डा देवीको पूजागरी नैवेद्द पूवा ,
५, पञ्चमीको दिन स्कन्दमाता देवीको पूजागरी नैवेद्द केरा ,
६, षष्ठीको दिन कात्यायनी देवीको पूजागरी नैवेद्द मह ,
७, सप्तमीको दिन कालरात्रि देवीको पूजागरी नैवेद्द चाकु ,
८, अष्टमीको दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल ,
९, नवमीको दिन सिद्धिदात्री देवीको पूजागरी नैवेद्द लावा चढाउनु पर्दछ।
पं बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19LockdownNewsPolitictechnology
Comments (0)
Add Comment