२९२ सुन तस्करको सूची सरकारले लुकायो

२० आश्विन, काठमाडौं । सरकारले ३८ क्विन्टल सुन तस्करीमा संलग्न भनी किटान गरिएका २ सय ९२ जनाको सूची अझै लुकाएको छ ।

गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले सुन तस्करीमा संलग्नलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने भनेर २०७५ साउन १६ मा ७ सय ७२ पृष्ठ लामो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रतिवेदन बुझाएको ३९ महिना पुगिसक्दा पनि प्रतिवेदनमा उल्लेख गरिएका संल्ग्न व्यक्तिमाथि अनुसन्धान गरिएको छैन । समितिका संयोजक पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ वर्षको अवधिमै तस्करीबाट ३८ क्विन्टल सुन भित्रिएको जानकारी दिँदै त्यसमा संलग्नलाइ कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

‘प्रतिवेदन सरकारी सम्पति भइसकेको छ, सार्वजनिक गर्ने नगर्ने कुरा सरकारको हो’, हाल कोलकतास्थित महावाणिजयदूत रहेका पौडेलले भने ‘हामीले त सरकारले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार गरेर बुझाएका हाैं ।’ प्रधानमन्त्री कार्यालयले प्रितवेदन अध्ययनका लागि गृह मन्त्रालयमा पठाएको थियो । कान्तिपुर



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGoldLockdownnepalNewsPoliticTaskartechnology
Comments (0)
Add Comment