नबिल बैंकद्वारा नबिल दशैं धमाका अफर जारी

१९ असोज, काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ । यस अफर
अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन ।

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०∞ छुट वा अधिकतम रु ३००÷– सम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिन लागु हुने छ । त्यस्तै किरानामा १५∞ छुट वा अधिकतम रु १५०० सम्म क्यासब्याक पाउन सक्नेछन । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुने छ । दराजमा भने हरेक शुक्रबार १०∞ छुट वा अधिकतम रु ५००
रुपैया“सम्म पाउन सक्नेछन ।


यस अफर मार्फत नबिल बैंकले आ नो ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नया“ हर्श ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क हुन सक्नेछन ।


सन्१९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविन तम्सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment