आजको खेलकुद गतिविधि

निमिशा र शुभाङ्गी क्वाटरफाइनलमा

१९ असोज, काठमाडौं । निमिशा ढकाल र शुभाङ्गीलक्ष्मी शाह दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे ।


यु–१० गल्र्स सिंगल्समा आयुशा जिसीले मालाश्री सिंहलाई ६–० र ६–० को सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा आयुशाको भेट शिभाली गुरुङसंग हुने छ । शिवाली वाइ पाउदै फाइनल पुगेकी हुन् ।


यु–९ गल्र्स सिंगल्समा आयुशा जिसीले निश्भीरत्न गोर्खालीलाई ४–० र ४–०, आयुश्रीहजुर घलेले सारा पन्तलाई ५–३, २–४ र ११–९, अनुश्री ध्वजुले जोया जोशीलाई ४–० र ४–२ तथा मेरिशा थापाले मालाश्री सिंहलाई ४–० र ५–३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । यु–१४ गल्र्स सिंगल्समा प्राज्ना मानन्धर, समृद्धि महर्जन, जेनी खड्का, कृषा अधिकारी र कर्मिस्था श्रेष्ठ आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै क्वाटरफाइनलमा पुगे । सुनिरा थापा, आध्या पौडेल र प्रशंसा मोक्तान पनि वाइ पाएर क्वाटरफाइनलमा पुगे ।


यु–९ ब्वाइज सिंगल्स साम्खाहाङ राईले आर्यनराज पौडेललाई ४–१ र ४–० तथा सन्जोग ब्लोनले विश्वविशेष दल्लाकोटीलाई ४–१, १–४ र १०–८ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । यु–१० ब्वाइज सिंगल्समा बृजेश अर्यालले सिद्धान्त प्रधानलाई ६–० र ६–०, आद्रित नेपालले असभसम्राट हाडालाई ६–४ र ६–१, साश्वत वज्राचार्यले स्पर्श तिमल्सिनालाई ६–४ र ६–३ तथा अबिर श्रीवास्तवले आभाषनाथ श्रेष्ठलाई ६–० र ६–० को सीधा सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे ।


प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । शनिबार सम्पन्न हुने १४ स्पर्धा समावेश प्रतियोगितामा १ सय २५ खेलाडी सहभागी छन् ।

गलाक मुवाँथाई फाइटको तयारी पूरा

राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. को संयुक्त आयोजनामा हुने प्रथम गलाक मुवाँथाई फाइटको तयारी पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार हुने एकदिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।


फाइटअन्तर्गत पुरुषतर्फ मात्र ७ स्पर्धामा भिडन्त हुने छ । प्रत्येक स्पर्धामा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा हुने अध्यक्ष कक्षपतिले जानकारी दिए ।


उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौंमै ३ महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिने छ । त्यस्तै उत्कृष्ट २ खेलाडीलाई गलाकले अनुबन्ध गर्ने पनि अध्यक्ष कक्षपतिले बताए ।


प्रतियोगितामा केन्द्रीय मुवाँथाई क्लब, गलाक मुवाँथाई क्लब, जिमखाना मुवाँथाई क्लब, गोकर्णेश्वर मुवाँथाई क्लब, सुकेधारा मुवाँथाई क्लब, फ्रेन्डसिप मुवाँथाई क्लब र नेपाल आर्मीका खेलाडीको सहभागिता रहने छ ।

कालभैरब खुल्ला जुनियर उसु हुने


यहि असोज २० र २१ गते दशरथ रङ्गशाला स्थित मिनि कभर्डहलमा कालभैरब उसु क्वानको आयोजनामा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ।ू प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।


प्रतियोगितामा सान्सौमा २० र थाउलोमा १८ गरि जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अमर पुलामी मगरले बताएका छन्।
जुनियरबाटै भविष्यमा प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले यो प्रतियोगिता गराउन लागिएको हो ।

कोभिड(१९ का कारण लामो समय उसुका कुनै प्रतियोगिता नभएकोले उसु खेलसंग अबद्ध ब्यक्तित्वहरु मिलेर यो प्रतियोगिता आयोजना गरिएको हो । यस जुनियर उसु प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थप्नुका साथै खेलाडीहरुको खेलस्थर वृद्धिमा समेत टेवा पुग्ने आशा गरेका छौ । करिब ७ लाख ५० हजार अनुमानित वजेटमा गर्न लागिएको यस प्रतियोगिताको लागि आर्थिक सहयोग भने खेलाडी तथा खेलप्रेमी महानुभावहरुबाट संकलन गरिएको कोषाध्यक्ष विजय सिंजालिले बताएका छन् ।


यस कार्यक्रमका प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थ मन्त्री एवम् सभासद प्रतिनिधिसभा माननीय गगन थापा रहने साथै उहाँ बाट १३ औ दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम समेत रहेको यस प्रतियोगिताका सचिव हरि प्रसाद गोलेले बताएका छन्।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment