“आफू रहे , आफ्नो ज्यान रहे गन्तव्यमा पुगिन्छ” : चावहिल यातायात कार्यालय प्रमुख भट्टराई

लक्ष्मण फुयाल

१९ असोज, काठमाडौं । पछिल्लो समय हरेक युवापुस्ताको आकर्षण रुपमा सवारीसाधनप्रति युवा जमातको मोह जागेको छ । आम युवाहरु आफूलाई स्टाईलिस बन्न पनि मोटरबाईकमा आकर्षित हुदै गएको छ ।

युवावर्गहरुले आफूलाई सजिलो तथा आकर्षकको लागि विभिन्न कम्पनीका साधारण फिचर देखी उच्च फिचरका मोटरबाईकहरु प्रयोग गर्दै आएका छन् । हामीले धैरे कम्पनीको बाईक सडकमा देख्न सक्छौ । बजारमा २ लाख माथिका धैरै मोटरबाईकहरु पाउन सकिन्छ । तर युवाहरुले सवारी साधनको गलत रुपमा उपयोग गर्दा सवारी दुर्घटना भने बढ्दो देखिन्छ ।

चावहिल यातायात कार्यालयका प्रमुख विष्णु कुमार भट्टराई । तस्वीर : सरोज राई

युवापुस्ताहरुले मोटर बाईक चलाउदा नागबेली रुपमा चलाउने साइलेन्सर पाईप परिर्वतन गरि अनावश्यक आवाज निकाल्दै अरुलाई असर हुने काम गरेको साथै सडकमा उन्मात्त रुपमा साँडेझै सवारी चलाउदा दुर्घटना हुने गरेको बताउनुहुन्छ चावहिल यातायात कार्यालयका प्रमुख विष्णु कुमार भट्टराई ।

यही सवारीसाधनको गलत प्रयोग नहोस तथा सवारी चालक अनुमति पत्र लिन आउने युवामा सधै सुझावको रुपमा उनले: “आफू रहे , आफ्नो ज्यान रहे गन्तव्यमा पुगिन्छ भन्ने सल्लाह दिने गरेको चावहिल यातायात कार्यलयका प्रमुख भट्टाराईले जानकारी दिनुभयो ।

पछिल्लो समय युवापुस्ताको आवश्यकता ठानेको सवारी चालक अनुमति पत्र हो । सवारी चालक अनुमतिपत्र विना सवारी चलाउनु भनेको गैरकानुनी तथा सुरक्षाको हिसावमा पनि जोखिम हो । तर युवा पुस्ता नँया लाईसेन्सको सुरुवाती प्रक्रिया थालनीको लागि उत्सुक हुदै कार्यालयमा सवारी चालकको फर्म भर्दा होस वा सवारी चालकको परिक्षा दिन आउदा आफू स्वंयमले सवारी ल्याएको पाईएको छ । त्यसकारण पनि यो विना लाईसेन्स सवारी चलाउनु गैरकानुनी तथा जोखिम रहेको छ । यो कार्य गरेको देख्दा आफूलाई गलत लागेको र जिम्मेवार नागरिक होस वा युवा पुस्ताले सधै जिम्मेवारी बहन गर्नुपर्ने यस्तो कार्य नगर्न सुझाव दिनचाहेको उनले बताउनुभयो ।

यसै सन्दर्भमा सवारी चालक अनुमतिपत्र, ;सवारी दुर्घटना, युवापुस्ताको व्यवहार तथा नजिकिदै गरेको बडा दशैको अवसरमा चावहिल यातायात कार्यालय प्रमुख विष्णु कुमार भट्टराई के भन्नुहुन्छ । भिडियो रिपोर्ट : सरोज राई

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन सञ्चालन



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (1)
Add Comment