छोटा खर्कमा आगलागीमा २५ भेडासहित लत्ता कपडा, रासन र भाडाकुडा नष्ट

१९ असाेज, खलंगा । हिमा गाउँपालिकाको भेडागोठालाको खर्कमा आगलागी हुँदा दुई दर्जन बढी भेडाका पाठासहित सामग्री सबै जलेर नष्ट भएका छन् ।
हिमा गाउँपालिका वडा नम्बर २ को लेकमा रहेको खर्कमा दिउँसो आगलागी हुँदा खर्कमा राखिएका २५ पाठा मरेका किसान वीरबहादुर शाहीले जानकारी दिनुभयो । 

 उहाँका अनुसार दिउँसो खर्कमा कोही नभएको समयमा आगलागी हुँदा खर्क पुरै जलेर नष्ट हुनुका साथै भेडाका पाठा, २० बढी राडी कम्बलहरु, अन्य लगाउने र बिछ्याउने लत्ता कपडा र भाडकुडा समेत जलेर नष्ट भएका छन् ।
भेडापालक किसान दत्तबहादुर शाहीका ३, धनबहादुर रोकायाका तीन सहित १२ जना किसानका २५ पाठा जलेर मरेको जानकारी गरिएको छ । 

 किसानहरुले क्षतिको विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएका शिक्षक खम्वा शाहीेले जानकारी दिनुभयो ।
करिब ४ हजार मिटर उचाईमा रहेको खर्कनै जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा आगो बालेर रात कटाएको किसानहरुले बताएका छन् । खर्क नष्ट भएपछि किसानहरु । तस्बिर नेत्र शाही जुम्ला ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19digitalkhabarNepali NewsRain
Comments (0)
Add Comment