त्रिभुवन विमानस्थलको धावनमार्गबाट श्री एयरलाइन्सको जहाज चिप्लियो

१९ असाेज, काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ । जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । 

‘अल्फा नोभेम्बर फोस्टर’ कलसाईन भएको जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको छ । फ्लाईट नम्बर ४२१ विमानमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । उनिहरुलाई विमानबाट ओरालिएको छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19digital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment