मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

१८ असोज, काठमाडौं । मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने बैंकले घोषणा गरेको हो ।

घोषणा गरिएको १६ प्रतिशत लाभांश मध्ये ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले बताएको छ ।

कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ ।

अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ ।

साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

bankbusinessCoronavirusCovid-19digital khabarDividendhealthLockdownnepalNepal Investment BankNewsPolitictechnology
Comments (0)
Add Comment