टोखामा बिमली र नागार्जुनमा गौतम निर्वाचित

१७ असाेज, काठमाडाैँ । नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण विमली निर्वाचित हुनुभएको छ । कांग्रेस टोखा नगरपालिकाको आज बिहान सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी हुनुभएको छ । टोखामा ११ वडा छन् ।

यस्तै नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणाअनुसार उहाँले १२८ मत ल्याएर विजय हुनुभएको हो । गैतमका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गर्नुभयो ।
दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ तथा दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा छन् ।

काठमाडौँका पालिकामा शनिबार अधिवेशन घोषणा गरिए पनि दक्षिणकाली नगरपालिकाबाहेक सबै पालिकामा अधिवेशन कार्य प्रारम्भ भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitictechnology
Comments (0)
Add Comment