लक्ष्मी लघुवित्तको आकर्षक लाभांश प्रस्ताव

१७ असाेज, काठमाडाैँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँको २० प्रतिशत बोनस र कर प्रयोजन सहित ७.३६८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार लघुवित्तले ६ करोड ४० लाख ९ हजार बराबरको बोनस शेयर र कर प्रयोजन सहित २ करोड ३५ लाख ८२ हजार २६३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

अघिल्लो आव २०७६।७७ बाट लघुवित्तले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ८.१६ प्रतिशत नगद लाभांश गरी २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarKathmandunepalNews
Comments (0)
Add Comment