माचुसिमा क्योकुसिन करातेको ग्रेडिङमा दस उत्तिर्ण

१७ असोज, काठमाडौं । नेपाल माचुसिमा क्योकुसिन कराते संघले आयोजना गरेको ग्रेडिङमा १० जना उत्तिर्ण भएका छन् । ग्रेडिङमा सहभागी सबै उत्तिर्ण भएका हुन् ।

उत्तिर्ण सबै ब्ल्याक वेल्ट पहिलो डानमा पदोन्नती भएको संघका अध्यक्ष राजकुमार गुरुङले जनाएका छन् । गुरुङले नै सञ्चालन गरेको ग्रेडिङमा उत्तिर्ण हुनेहरुमा विक्रम मगर, समिर खड्गी, सन्जु तामाङ, सनम मोर, ईश्वर ओली, प्रकाश गाहा मगर, रामु थाकुर, सुस्मिता सुनार, प्रकाश कुँवर र बुद्ध दनुवार रहेका छन् ।

उनीहरुलाई अध्यक्ष गुरुङ, आयोजक संघका सचिव सुमन गजुरेल, सदस्य रामराज थापा, प्रमुख प्रशिक्षक सन्तोष बुढाथोकीलगायतले कीर्तिपुरमा आयोजित एक कार्यक्रमबीच शनिबार प्रमाण पत्र प्रदान गरे । उत्तिर्ण हुनेलाई जापानको टोकियोस्थित माचुसिमाको मुख्यालय गुम्मा केनबाट प्राप्त प्रमाण पत्र र पेटी प्रदान गरिएको संघले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarKaranteLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment