आइतबार सुनचाँदी दुबैको मूल्य बढ्यो

१७ असाेज, काठमाडाैँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलाको २०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ८९ हजार ८०० रुपैयाँ तथा तेजावी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ६०० रुपैयाँ, तेजावी सुन ८९ हजार १५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverKathmandunepalNewsPolitictechnology
Comments (0)
Add Comment