आजकाे आईतबारकाे माैसम जानकारी

१७ असाेज, काठमाडाैँ । आज २०७८ आश्विन १७ गते आइतबार, जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitictechnologyWeather
Comments (0)
Add Comment