दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु

१६ असाेज, दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुगयाउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ तेस्रो साताबाट अक्सिजन उत्पादन सुरु गरिएको छ ।

प्लाण्टबाट उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ । “प्रत्येक शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइन विस्तार गरिएको छ उहाँले भन्नुभयो, अस्पतालमै अक्सिजन उत्पादन सुरु भएपछि बाहिरबाट ल्याउनुपर्ने समस्याको अन्त्य भयो ।

रु ७५ लाख बजेट प्राप्त भएकामा टेण्डरमार्फत रु ५५ लाखमा अक्सिजन प्लाण्ट निर्माण सम्पन्न भएको अस्पतालले जनाएको छ । प्लाण्ट निर्माणका लागि अस्पतालले जय शङ्कर प्रालिसँग सम्झौता गरेको थियो । कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा कोभिड कक्ष पनि बनाइएको छ । अस्पतालले महामारीका बेला कोरोना सङ्क्रमितको उपचार गरेको थियो । हाल भने अस्पतालमा कोरोना सङ्क्रमित छैनन् ।

अस्पतालले आइसियु र भेन्टिलेटरसमेत सुरुआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर शय्याको व्यवस्थापन गरेको थियो । यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको थियो ।

पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप थाइराइड, आँखा र दाँत उपचार सेवा सुरु भइसकेको छ । सो अस्पतालबाटै थाइराइड सेवा सुरु भएपछि सर्वसाधारणलाई यसको उपचारका लागि महँगो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirocoronaCoronaviruscovid 19 updateDeathdigital khabarhealthOxygen PlantRain
Comments (0)
Add Comment