सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढ्यो, चाँदीको भाउमा पनि वृद्धि

१५ असाेज, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ९०० रुपैयाँले बढेको छ । सुनसँगै चाँदीको भाउ पनि शुक्रबार तोलाको २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँ पुगेको छ ।

यस्तै शुक्रबारका लागि तेजावी सुनको भाउ पनि ९०० रुपैयाँले नै बढेर तोलाको ८९ हजार १५० रुपैयाँ पुगेको छ । यसदिन चाँदीको भाउ तोलाको १ हजार १४० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन तोलाको ८८ हजार ७०० रुपैयाँ, तेजावी सुन ८८ हजार २५० रुपैयाँ र चाँदीको प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार भएको हो ।

मंगलबारबाट निरन्तर ओरालो लागेको थियो। यसबीचका तीन दिनमा तोलामा ६०० सुनको मूल्य शुक्रबार एकैदिन ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारदेखि शुक्रबारसम्म साताको ६ दिन अन्तराष्ट्रिय बजारमा कायम हुने भाउलाई आधार मानेर नेपालमा पनि सुनको मूल्य निर्धारण गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNews
Comments (0)
Add Comment