धवलागिरि आयुर्वेदिक औषधालय प्रदेशकै उत्कृष्ट

१५ असाेज, बलेवा । गण्डकी प्रदेशका ११ जिल्लामा रहेका आयुर्वेदिक औषधालयमध्ये बागलुङमा रहेको धवलागिरि आयुर्वेदिक औषधालय प्रथम भएको छ । औषधालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा औषधालय प्रथम भएको हो । औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन, कर्मचारीको अनुशासन, पत्राचार, बेरुजु र कोभिड महामारीमा गरेका कामको मूल्याङ्कनका आधारमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले औषधालयलाई उत्कृष्ट ठहर गरेको हो ।

औषधालयले १०० पूर्णाङ्कमा ८० दशमलव आठ अङ्क प्राप्त गरेको थियो । दोस्रो भएको जिल्ला आर्युवेद औषधालय स्याङ्जाले ७६ दशमलव छ र तेस्रो भएको कास्की आर्युवेदिक औषधालयले ७५ दशमलब छ अङ्क प्राप्त गरेका छन् । वार्षिक समीक्षा कार्यक्रममा औषधालयलाई पुरस्कृत गरिएको थियो ।

कामको मूल्याङ्कन भएको छ, हामीलाई थप जिम्मेवार भएर काम गर्ने हौसला थपियो”, औषधालयका प्रमुख डा सरोजकुमार रायले भन्नुभयो, “हामीले यो स्थानलाई कायम राख्ने गरी काम गर्नेछौँ । औषधालयले कोभिड महामारीको समयमा गाउँ–गाउँमा पुगेर औषधि वितरणदेखि योग तथा ध्यानसम्बन्धी प्रशिक्षण चलाएको थियो । मासिक कार्यसम्पादनको बुलेटिन तयार गर्ने धवलागिरि आर्युवेदिक औषधालय गण्डकी प्रदेशको पहिलो हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroCoronavirusCovid-19Deathdigital khabarhealthMedicineNepali NewsRain
Comments (0)
Add Comment