प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टिम छनोट

१४ असाेज, बैतडी । सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनोट गरिएको छ । जिल्लाभरिबाट आएका खेलाडीको एकदिने छनोट प्रतियोगिता सञ्चालन गरी टिम छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो । नौ जनालाई छनोट गरी टिम बनाइएको हो ।

छनोट भएका खेलाडीमा धनबहादुर महरा, राकेश साउद, रोशन चन्द, मनोज चन्द, गोविन्द साउद, श्याम दयाल, गम्भीर साउद, लक्ष्मण भट्टराई र विकास विष्ट रहनुभएको छ । यस्तै वैकल्पिक खेलाडीमा सुरज कोली, महेन्द्र भण्डारी, नवीन भण्डारी, अमर भट्टराई र दीपक विष्ट छनोट भएका छन् । प्रशिक्षकका रूपमा हरिसिंह भण्डारी र टिम व्यवस्थापकका रूपमा तर्कराज जोशी रहनुभएको छ ।

छनोट गरिएमा खेलाडी जिल्लाभित्रकै, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवद्ध नभएका र छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने रहेका जनाइएको छ । छनोट भएका खेलाडीलाई आजदेखि चारदिने प्रशिक्षण दिइन लागिएको छ ।

छनोट भएको जिल्लाको टिमले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना प्रदेशस्तरीय छनोट प्रतियोगिता धनगढीमा असोज २० देखि २३ सम्म सञ्चालन हुनेछ । उक्त छनोट प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाबाट उत्कृष्ट प्रदर्शन गरेका १२ खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशको टोली बनाइनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroCoronavirusCovid-19Deathdigital khabarhealthLockdownNepali NewsNewsRainSports Newsvolley ball
Comments (0)
Add Comment