नेपाली काग्रेसको १४ औ महाधिवेशन राप्तीमा बुझबुझारथ तथा सभापतिहरु सम्मानित

१४ असोज, काठमाडौं । राप्ती गाउँपालिका नेपाली काग्रेसको १४ औ महाधिवेशनले पालिका स्तरको पदाधिकारी निर्वाचित गरे संगै निवर्तमान समितिले बुझबुझारथ गर्दै सम्मानित भएको छ ।


१३ औ महाधिबेशनबाट निवाचित पदाधिकारीहरुले साविक लालमटिया, सिसहनिया गाविस र हाँसीपुर गाविसको १ र २ नं वडामा नव निर्वाचित पदाधिकारीहरुलाई खातापाता तथा कार्यालय सामाग्री हस्तान्तरण गरेको हो ।


निवर्तमान सभापतिहरु दुर्योधन पाण्डे तथा बेद प्रसाद चौधरीले संयुक्त रुपमा नव निर्वाचित सभापति विद्याशरण चौधरीलाई बुझबुझारथ गर्नुभएको छ ।


सो बुझबुझारथ कार्यक्रममा निवर्तमान सभापतिहरु दुर्योधन पाण्डे र बेद प्रसाद चौधरीले उत्कृष्ट नेतृत्व सम्हाली कार्यकाल सफलता पुर्वक हस्तान्तरण गरेकोमा नयाँ निर्वाचित पदाधिकारीहरुले दोसल्ला ओढाएर तथा अन्य पदाधिकारीहरुलाई फुल माला तथा टिका लगाएर सम्मान गरिएको छ ।


बुझबुझारथ कार्यक्रममा बोल्दै निवर्तमान सभापति दुर्योधन पाण्डेले आफुहरुले सक्दो प्रयास र सहकार्यमा पार्टिलाई गतिशिल बनाएको र कार्यसमितिको सहयोग अनुसार काम गरेको बताउनु भएको छ ।


नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा बुझ बुझारथ तथा सभापतिहरु दुर्योधन पाण्डे र बेद प्रसाद चौधरीको पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNews
Comments (0)
Add Comment