मन्डे र मुकुन्द्र जर्मनी जाने

१३ असोज, काठमाडौं । कराते खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बिहीबार जर्मनीको चिम्निज जाँदै छन् ।


अक्टोबर २ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल काता मन्डे तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागमा मन्डेले दोहोरो स्वर्ण तथा मुकुन्द्रले कांस्य जितेका थिए ।


टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे ।


सो अवसरमा पारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिन, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जोमाका प्रबन्ध निर्देशक विश्वस लामाले खेलाडीलाई ट्रयाकसुट प्रदान गरेका थिए । साकिरले खेलाडीको खाना÷बसोबासको पनि प्रायोजन गरेको मन्डेले जानकारी गराए ।

एथलेटिक्सको राष्ट्रिय स्तरको प्रशिक्षक तालीम सम्पन्न

प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले आयोजना गरेको एक हप्ते प्रशिक्षक तालीम सम्पन्न भएको छ । त्रीपुरेश्वर स्थित दसरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३१ जना सहभागी भएका थिए । सहभागी मध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुबै परिक्षा उत्तीर्ण गरेका छन ।


सहभागी र उत्तीर्णहरुलाइ परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले प्रमाणपत्र प्रदान गरेका थिए । सबै जिल्लामा हुने स्थानीय स्तरका, जिल्ला स्तरका र प्रदेश स्तरका सबै प्रतियोगिता र तालीमहरु संचालन गर्न उक्त तालीमले दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको सदस्यसचिव भण्डारीले बताए ।


सहभागी प्रशिक्षार्थी मध्येका दोलाखाकि अन्जना शिवकाकोटी र रामेछापका लालबहादुर थापाले प्रशिक्षण अबधि भरको आफ्नो अनुभुती व्यक्त गर्दै प्रशिक्षण कार्यक्रम अत्यन्तै उपयोगी भएकोले यस्तो प्रशिक्षण कार्यक्रम प्रत्येक बर्ष हुनुपर्ने बताए ।


प्रशिक्षार्थी हरुलाइ नेपाल एथलेटिक्स संघका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ, प्रशिक्षकहरु धनिराम चौधरी र कान्ति महतोले प्रशिक्षण दिएका थिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment