चेन्नई शीर्ष स्थानमा

०९ असोज, एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ ।

शारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो।

बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोड्दा अम्बाती रायाडुले ३२ रन जोडे । फाप डु प्लेसिसले ३१ रन जोड्दा मोइन अलीले २३ रन बनाए ।

सुरेश रैना १७ रनमा अविजित रहदा कप्तान महेन्द्र सिंह धोनी ११ रनमा अविजित रहे ।

बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।

एबी डी भिलियर्सले १२ रन जोड्दा ग्लेन म्याक्सवेलले ११ रन बनाए ।

चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । शार्दुल ठाकुरले २ तथा दिपक चाहरले १ विकेट लिए ।

यस जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेको छ । र, चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।

बैंगलोर ९ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Cricketdigital khabariplsportssports game
Comments (0)
Add Comment