फुल कन्ट्याक्ट कराते भोलि

०८ असोज,काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।


प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीको सहभागिता रहने आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ६५ केजीमुनि तौलसमूहमा खेल हुने आईएफकेकेका ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । महिलामा खुला तौलसमूहमा भिडन्त हुने छ ।


प्रत्येक तौलसमूहमा नगद पुरस्कारको व्यवस्था रहेको ब्रान्च चिफ लामाले जनाएका छन् । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ ।

राष्ट्रिय केन्पो सुरु

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिप शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।


प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा प्रदेश १ बाहेक ६ प्रदेशका १ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् । विभिन्न ४ विधा फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी कातामा प्रतिस्पर्धा भइरहेको छ ।


सेमि केन्पोको पुरुष ५०–५४ केजीमा सुदूरपश्चिम प्रदेशका सुनिल बोहरा पहिलो भए । उनले फाइनलमा बागमती प्रदेशका दीपक पाण्डेलाई पराजित गरे । सेमि केन्पोको महिला ४५–४९ केजीमा कर्णाली प्रदेशकी ज्योति विकले बागमतीकी पुष्पा श्रेष्ठलाई हराउदै स्वर्ण जितिन् । सोही स्पर्धाको पुरुषमा सुदूरपश्चिमका सञ्जय रोकायाले पहिलो स्थान हात पारे । उनले फाइनलमा गण्डकी प्रदेशका सन्जिव राईको चुनौती पन्छाए ।
फुल केन्पोको पुरुष ५५–५९ केजीमा कर्णालीका राजेन्द्र शाहीले बागमतीका सुमन याखालाई फाइनलमा पाखा लगाउदै शीर्ष स्थान हात पारे ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarnepalNews
Comments (0)
Add Comment