काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु आइतबारदेखि भाैतिक रूपमा सञ्चालन गर्न पाइने

०७ असाेज, काठमाडाैँ । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आइतबारदेखि भाैतिक रूपमा सञ्चालन गर्न पाइने भएको छ । बुधबार बसेको नगर शिक्षा समितिको बैठकले आइतबारबाट विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो ।

भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गरेको हुनुपर्ने सुवेदीले बताउनुभयो । यदि अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने अनिवार्य भौतिक कक्षा सञ्चालनको लागि आग्रह नगरिएको उहाँको भनाई छ ।

“भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा पहिले शिक्षक ,अभिभावकहरुसँग छलफल गरेर उहाँहरु सहमत भएमात्र विद्यालय सञ्चालन गर्नुपर्ने निण्र्नय भएको छ” सुवेदीले भन्नुभयो ।

विद्यालयमा भौतिक कक्षा सञ्चालन गर्न चाहने विद्यालयले कक्षा सञ्चालनको कार्यविधि बनाएर शिक्षा महाशाखामा पेश गर्न पनि आग्रह गरीएको उहाँले बताउनुभयो । भौतिक कक्षा सञ्चालन गर्ने विद्यालयको अनुगमन पनि हुने उहाँको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarKathmandunepalPolitic
Comments (0)
Add Comment