लोपोन्मुख वनकरिया समुदायले राष्ट्रिय परिचयपत्र बनाउँदै

०६ असाेज, हेटौँडा। मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन पाएकामा निकै खुसी लागेको पूजा वनकरियाले बताउनुभयो । उहाँले भन्नुभयो,“ राष्ट्रिय परिचयपत्रका बनाउन पाउँदा धेरै खुसी लागेको छ ।”

यसैगरी ३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताउनुभयो । आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उहाँले अब राज्यका अङगमा आफूहरु पनि सामेल हुन थालेकामा खुसी लागेको बताउनुभयो ।

प्राथमिक शिक्षा अध्ययन गरेका उहाँले आफ्ना भावी सन्नती अब शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको जानकारीदिनुभयो । नेपालमा नै जम्मा ९१जनसङ्ख्या रहेको उक्त समुदायका ३० जनाले गाउँपालिकाद्वारा सो विद्यालयमा सञ्चालन गरिरहेको राष्ट्रिय परिचयपत्र शिविरमा आफ्नो परिचयपत्रसहित उपस्थित भइरहेकका छन् । मनहरि– ४ का वडाध्यक्ष धु्रव खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिनुभयो ।

सो विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भन्नुभयो,“केही वर्ष अघिसम्म वनमा आधाररित जीवनशैली रहेको वनकरियाको हाल शिक्षित हुदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएको यसले हामीलाई पनि खुसी बनाएको छ ।” वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उहाँले बताउनुभयो ।

ती समुदायका छात्रछात्रालाई घरमा नै गएर विद्यालय भर्ना अभियान चलाएको प्रअ आचार्यले जानकारी दिनुभयो । उहाँले विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव भएको बताउनुभयो ।

हालसम्म पम्फा, सन्तोषी र अनिल वनकरियाले माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण भएको जानकारीदिनुभयो । यसैगरी कक्षा १ देखि १० सम्म कूल १५ छात्रछात्रा विद्यालय आउने गरेका छन् र मनहरि– ४ का वडासचिब विदुर पाठकले १० दिनसम्मको शिविरमा जम्मा ९०० जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताउनुभयो । शिविरको पाँच दिन थप गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebooknepalNewstechnology
Comments (0)
Add Comment