बर्लिन म्याराथनमा पार्की


०५ असोज, काठमाडौं । गोपीचन्द्र पार्कीले विश्व चर्चित म्याराथन मध्येको एक बर्लिन म्याराथन सहभागिता जनाउने भएका छन् । सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८ः४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने छन् ।


प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरे । टोलीको हवाइ टिकट राखेपले व्यवस्था गरिदिएको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।


यसैबीच नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले पनि पार्की र श्रेष्ठलाई मंगलबारै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ ग¥यो । सदस्य–सचिव सिलवाल, क्रिएटिम ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीलागयतले उनीहरुलाई बिदाइ गरे । त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले पार्कीलाई मायाको चिनो स्वरुप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो । श्रेष्ठलाई टिसर्ट प्रदान गरियो ।

पलेशा सम्मानित


टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् ।
नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।


टोकियो पारालिम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसंग पराजित भएकी थिइन् । रिपाचेजमा अमेरिका र सर्बियाकी खेलाडीलाई हराएर पदकनजिक पुगेकी पलेशा फाइनलमा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment