नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

०५ असोज, काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलो पटक ओमानलाई ७ विकेटले पराजित गर्दै एतिहासिक जित हासिल गरेको थियो । त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले हारेको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment