बुटबलका मेयर सुबेदीमाथि बाढीपीडितले आक्रोसित हुँदै मुक्का हानेपछि….(भिडियाे सहित)

०४ आश्विन, बुटबल । बुटबल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि स्थानीय बाढीपहिरो पीडितले मुक्का प्रहार गरेका छन्। नेकपा एमालेको तर्फबाट बुटबलको मेयर भएका सुबेदीलाई बुटवलको ज्योतीनगरस्थित पहिरो अवलोकनका क्रममा स्थानीय बाढीपीडित एक युवाले मुक्का प्रहार गर्दै लडाएका छन्।

एक साताअघि लगातारको वर्षाका कारण चुरेबाट पहिरो खस्दा ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रका करिव २ दर्जन घरमा क्षति पुगेको थियो। पहिरो प्रभावितलाई उपमहानगरपालिकाले कुनै वास्ता नगरेको भन्दै स्थानीय आक्रोसित हुँदै आएका थिए।

सोमबार बिहान बाढीबाट क्षतिग्रस्त घरहरुको स्थलगत अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले एक्कासी मुक्का प्रहार गरी लडाएका थिए। अवलोकनका क्रममा पहिरो गएको यतिलामो समयसम्म नगरपालिकाले नहेरेको भन्दै स्थानीले मेयर सुबिदीको बिरोध समेत गरेका थिए ।

भिडियो/तस्बीर स्रोत : रामराज पोख्रेल/ फेसबुक।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment