भुपेन्द्र पहिलो

०३ असोज, काठमाडौं । नेपाल प्रहरीका भुपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६३ केजीमा आइतबार पहिलो भएका छन् ।


नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे ।


सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा पहिलो भए । उनले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई हराए । ५७ केजीको फाइनलमा एपीएफका पूरन राईले बक्समान्डुका सरोज महर्जनलाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । ७१ केजीमा एपीएफका विकास लामा पहिलो भए । उनले फाइनलमा नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए ।


पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दावा छिरिङ लामाबीच ६७ केजीको फाइनल प्रतिस्पर्धा हुने छ । सेमिफाइनलमा १३ औं सागका स्वर्णधारी सनिलले भाइबका विकास राना मगर तथा दावाले एपीएफका सुमन कार्कीलाई पाखा लगाए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment