नेपाली कांग्रेसका संस्थापक नेता श्रद्धेय गणेशमान सिंहप्रति श्रद्धासुमन

नेपाली कांग्रेसका संस्थापक, २००७ सालको जनक्रान्तिका योद्धा, जनक्रान्तिपछि गठित राणा कांग्रेस संयुक्त सरकारका उद्योग तथा वाणिज्य मन्त्री, वी.पी.कोइरालाको प्रथम जननिर्वाचित सरकारका निर्माण तथा यातायात मन्त्री, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर, नेपाली कांग्रेसका सर्वमान्य नेता तथा लौह पुरुष गणेशमान सिंहको २४ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

नेपाली कांग्रेसले अंगीकार गरेको आदर्श, सिद्धान्त, मूल्य, मान्यतालाई शीरोपर गरी उहाँले लोकतन्त्रका लागि जीवनभर गर्नुभएको त्याग, तपस्या र कठिन संघर्ष तथा निःस्वार्थभावले लोकतन्त्रको रक्षार्थ गर्नुभएको खबरदारीले नेपाली कांग्रेसका सबै तहका नेता एवम् कार्यकर्ताहरुलाई सधैभरि प्रेरित गरिरहने विश्वास मैले लिएको छु ।

२०४६ सालको संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको त्याग, तपस्या र कठोर संघर्षले सो आन्दोलनका सहयात्री दलका नेता तथा कार्यकर्ताहरुलाई पनि लोकतन्त्रप्रति संवेदनशील रहदै यसको संरक्षण र संबर्धनमा लाग्न उत्प्रेरित गर्ने मेरो विश्वास छ ।

जनअधिकार प्राप्ति र संरक्षणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका श्रद्धेय नेता सिंहको योगदानको स्मरणले २०६२÷६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै नेपाली समाजलाई सुख र समृद्धिको मार्गमा लैजान सबै राजनीतिक दलका नेताहरुलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownNCnepalnepali congressNewsPoliticPrakas Mahattechnology
Comments (0)
Add Comment