सेञ्चुरी बैंकको सेञ्चुरी पे मोबाइल एपबाट आन्तरिक रेमिटन्स सेवा सुबिधा पाईने

०१ आश्विन, काठमाडौं । यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।

आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिनेछ ।

यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिने जानकारी दिएको छ।

साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटन्स रकम संकलन गर्न सक्नेछन्।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

bankbusinessCentury BankCoronavirusCovid-19digital khabarhealthLockdownnepalPoliticRemittechnology
Comments (0)
Add Comment