दिलीप कुमारको ट्विटर बन्द गर्ने घोषणा

३१ भाद्र, मुम्बई(दैनिक जागरण) । बलिउड अभिनेता दिलीप कुमारकी श्रीमति र लोकप्रिय अभिनेत्री सायरा बानोले दिलीपको ट्विटर एकाउण्ट बन्द गर्ने घोषणा गरेकी छन् । दिलीपको निधन गत जुलाई ७ मा भएको थियो ।

उनले के कारणले ट्विटर बन्द गर्न लागेको हो भन्ने बारे केही खुलाइएको छैन । दिलीपको निधन पछि सायरा ठूलो शोकमा थिइन् । जसकारण उनी बिरामी भएर अस्पताल नै भर्ना हुनुपर्यो ।

दिलीपको ट्विटरमार्फत उनीसँग जोडिएका हरेक विषय अपडेट भइरहन्थ्यो । तर अहिले भने सायराले यो एकाउण्ट बन्द गर्ने निर्णय लिएकी छन् । दिलीपको एकाउण्ट चलाउने फैजल फारुकीले सायरासँगको परामर्शपछि एकाउण्ट बन्द गर्न लागिएको बताए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

ActorBollywoodbusinessCoronavirusdigital khabarDilip KumarhealthnepalNewsTwitter
Comments (0)
Add Comment