माओवादी स्थायी समिति बैठक बस्दै, संसदमा अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

२९ भदाै, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मंगलबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा नियमावली र निर्वाचन निर्देशिकाबारेमा छलफल हुने उहाँले बताउनुभयो । साथै संसदमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल हुने छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १४ सांसदलाई कारबाही गरेकाे सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेको भन्दै संसद अवरोध गरिरहेको छ । त्यस्तै आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment