राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

२८ भदाै, महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन हुनुभएको छ ।राप्रपाका युवा नेता उहाँ आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील बनाइने जानकारी दिनुभयो । उहाँले राप्रपा पाका पुस्ताका मात्रै पार्टी भएको भ्रममा नपर्न आग्रह गर्दै अब युवा नेतृत्वको वर्चश्व रहेको बताउनुभयो ।

जिल्लामा विकास निर्माणमा साथ र विकृतिविरुद्ध राप्रपा अग्रसर हुनेछ । उहाँले भन्नुभयो, “स्थानीय पालिकाले गरेका अनियमितता विरुद्ध हामी खरो रुपमा उत्रिने छौँ । अधिवेशनले सदस्यतर्फ महेश्वरी सिंह, दिलबहादुर नाथ, वीरेन्द्रबहादुर चन्द, रमेश भट्ट, राजेन्द्रप्रसाद भट्ट, लोकबहादुर कँुवर, कैलाश भट्ट, नन्दादेवी खत्री लगायत २९ जनालाई चयन गरेको छ ।

अधिवेशनमा राप्रपाका केन्द्रीय निर्देशन समिति सदस्य धर्मराज जोशी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तीर्थराज चटौत, हिक्मतसिंह भण्डारी र रणबहादुर बलायरलगायतको सहभागिता रहेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthPoliticRain
Comments (0)
Add Comment