मादीमा हत्याका अभियुक्तको बयान- एउटै चिर्पटले सबैलाई सिध्याएँ, अगेनामा पोलेर खरानी बनाएँ

२८ भाद्र, खाँदबारी । एकै परिवारका छजनाको हत्या एक व्यक्तिबाट भएको पुष्टि भएको छ । हत्यामा संलग्न वर्ष २५ को लोकबहादुर कार्कीले सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङ खोलागाउँका एकै परिवारका छ जनाको सामुहिक हत्या चिर्पट (चिरेको काठ) प्रयोग गरि एकैपटक गरेको स्वीकार गरेका थिए ।

तेजबहादुरले आफूलाई काम गर्न नसक्ने पागल भनेर पटक पटक हप्काउने गाली गलौज गर्ने गरेकाले त्यहि बचन सहन नसकेर हत्या गरेको प्रहरीसँग बयानमा बताएका थिए ।
आरोपी लोकबहादुरले तेजबहादुरलाई मात्रै मार्ने योजना रहेको भएपनि अरुले समेत थाहा पाएको ठानेर सवैलाई चिर्पटनै प्रयोग गरि हत्या गरेको बताएका थिए ।

उनले दाउरा राखेको ठाउँबाट चिर्पट झिकेर तेजबहादुरलाई पछ्याउँदै गएर बारिको डिलमा रहेको गोगनको रुख नजिक पुगेपछि चिर्पटले पछाडीबाट टाउकोमा प्रहार गरेको र चिर्पट प्रहार गर्दा तेजबहादुर ढलेर कान्लाबाट लडेर बाटोमा धर्मराउँदै लोकेले मलाई मार्यो भन्दै उठ्न खोज्दा फेरि टाउकोमा प्रहार गरेर हत्या गरेको उनले बताएका थिए । तेजबहादुरले हार गुहार गरेर चिच्याएको आवाज सुनेर कमला र रञ्जना घटना भएको ठाँउतिर जाँदा सोहि चिर्पटले प्रहार गरेको र उनीहरु बेहोस भएर रन्थनिएर बाटोबाट खोल्सामा खसेका थिए त्यहि बेला चिर्पट प्रहार गरेर हत्या गरेको पाइएको छ ।

त्यसपछि दिपेन र गोमालाई बाटोको डिलमा आएको देखेर लखेटेर हत्या गरेको र घरतर्फ गएर घर पछाडि कुँडो पकाउने ठाउँमा गएर कुँडो पकाउदै गर्दा पार्वताको कपालमा समातेर भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । एकैपटक छ जनाको हत्या गरेर हत्यामा प्रयोग गरेको चिर्पट लोकबहादुरले आफ्नो घरमा पुर्याइ अगेनामा हालेर पोलेर नष्ट गरेका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19crimedigital khabarHatyarahealthLockdownLok BahadurnepalNewsPolitictechnology
Comments (0)
Add Comment