करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

२७ भदाै, काठमाडाैँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१७, पकलीका ४१ वर्षीय बल्ला भन्‍ने रजावुल मियाँ रहेका छन् ।

उच्च अदालत विराटनगरले २०६८ साल असार ३० गते मियाँलाई जबरजस्ती करणी र डाँका मुद्दामा १४ वर्ष ५ महीना १२ दिन कैद र ६४ हजार ५ सय जरिवाना सुनाएको थियो ।

उनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको विशेष टोलीले सुनसरीको पकलीबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङमा पठाइएको ब्‍यूरोले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19crimedigitalkhabarhealthLockdownNepali NewsRain
Comments (0)
Add Comment