स्याङ्जाका तीन हजार ३०६ घरमा ‘एक घर–एक धारा’ जडान

२६ भदाै, वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्याङ्जाका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार ३०६ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो । यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानी व्यवस्थापनका लागि गाउँपालिकाले नीति, योजना र बजेट विनियोजन गरेपछि घरघरमा धारा जडान भएको हो । गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानीको व्यवस्थापन गरिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र रहेका प्रायःजसो बस्तीहरुभन्दा तल्लो भागमा पानीका स्रोतहरु भएका कारणले गर्दा पनि यहाँका बासिन्दा खानेपानीको समस्याबाट पीडित हुँदै आएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि खानेपानी योजनाहरु सञ्चालन गरेर समस्याको समाधानतर्फ लागेको संयोजक अधिकारीको भनाइ छ । उहाँका अनुसार सातवटा वडामा आव २०७६/७७ को अन्तिमसम्ममा २२ वटा खानेपानी योजनमार्फत दुई हजार एक सय २६ घरधुरीमा खानेपानी विस्तार गरिएको थियो । आव २०७७/७८ मा आठवटा योजनामार्फत एक हजार एक सय ८० घरधुरी गरी कूल ३० वटा खानेपानी योजना सम्पन्न गरी कूल तीन हजार तीन सय ६ घरधुरीमा ‘एक घर–एक धारा’ जडान गरी खानेपानीको पहुँच पुगयाइएको छ ।

चालु आव २०७८/७९ मा १७ वटा खानेपानी योजना सञ्चालनका क्रममा रहेका गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार उक्त योजनाबाट बाँकी रहेका एक हजार सात सय ११ घरधुरी लाभान्वित हुने र सिङ्गो गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरी खानेपानीको सहजता हुनेछ । छोटो समयमै खानेपानीको समस्या समाधान गर्ने कार्यमा पालिकासँगसँगै स्थानीयवासीको पनि उत्साहजनक लागत सहभागिता रहेको अध्यक्ष थापाको भनाइ छ ।

समृद्ध गाउँपालिका, सुखी नागरिक’ को मर्मलाई आत्मसात् गर्दै गाउँपालिकाले नागरिकका समस्यालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने र त्यसको कार्यान्वयनमा जोड दिँदै आएअनुरुप खानेपानी तथा सिँचाइका लागि पानीको स्रोत व्यवस्थापन गरी वितरण गर्दै आएको छ । गाउँपालिकामा निर्माण सम्पन्न भएका ३० खानेपानी योजनमध्ये वडा नं १ मा जरुवा लिफ्टिङ खानेपानी योजना सबैभन्दा ठूलो योजना रहेको छ भने वडा नं २ मा सबैभन्दा सानो कुटगन दाउन्ने खानेपानी योजना रहेको छ । करेकुवा योजनाअन्तर्गत तीन सय ७५ घरधुरी लाभान्वित छन् भने कुटगन योजनाअन्तर्गत ६ घरधुरी लाभान्वित भएका वास संयोजक अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी लामो समयदेखि खानेपानीको समस्या झेल्दै कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको छ । गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्याङ्की निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीको भनाइ छ ।

मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बेसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए । यो योजना आउनभन्दा पूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो”, अध्यक्ष थापाले भन्नुभयो, त्यो पनि पर्याप्त थिएन, घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।

घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाको भनाइ छ । प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ । खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ उहाँले भन्नुभयो, “घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BusinesbusinessCoronavirusCovid-19daraDeathdigitalkhabarhealthkhanepaniLockdownNepali News
Comments (0)
Add Comment