बी.पी. जयन्तीका अवसरमा शुभकामना

२४ भदौ, काठमाडौं । नेेपाली कांग्रेसका नेता सह–महामन्त्री डा. प्रकाशशरण महतले बी.पी. जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।


नेपाली कांग्रेसका संस्थापक,२००७ सालको जनक्रान्तिका क्रान्ति नायक तथा प्रथम निर्वाचित प्रधानमन्त्री बी.पी.कोइरालाको १०८ औं जन्मजयन्तीको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु नेता महतले बताउनुभयो ।

साथै आज नेपाली कांग्रेसले एक विज्ञप्ति निकाल्दै प्रजातान्त्रिक समाजवादका प्रणेता बी.पी.ले स्थापित गर्नुभएका मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै अगाडि बढेकोले नै नेपाली कांग्रेस मुलुकलाई गति र दिशा दिने भरपर्दो र लोकप्रिय राजनीतिक दलको रुपमा स्थापित भएको हो । लोकतन्त्रप्रतिको अविचलित आस्था र यसको स्थापना, पुनस्र्थापना र संरक्षण तथा विकासमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गर्नुभएको त्याग र बलिदानका कारण हाम्रो नेतृत्वमा २०४६ को जनआन्दोलनमार्फत मुलुकमा बहुदलीय संसदीय व्यवस्थाको पुनस्थापना सम्भव हुनुका साथै २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनपश्चात नेपाली कांग्रेसको नेतृत्वमा दोस्रो संविधानसभाबाट संघीयता, गणतन्त्र, समावेशितासहितको संविधान जारी गर्न सफल भएको गौरवपूर्ण स्वर्णिम इतिहास नेपाली कांग्रेसले रच्न सकेको यथार्थलाई हामी यस अवसरमा स्मरण गर्न चाहान्छौ उल्लेख गरेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आरम्भ भैसकेको र धेरै जिल्लाका वडा तहमा नेतृत्व र प्रतिनिधिहरु निर्वाचित भैसक्नुभएको शुभअवसरमा यस पटकको बी.पी. जन्मजयन्तीको विशेष महत्व रहेको छ । यसले हामीलाई बी.पी.कोइरालाले स्थापित गर्न चाहनुभएको समाजका मूल्य, मान्यता, आदर्शप्रति प्रतिबद्ध रही समाजसेवा गर्न प्रेरित गर्ने मैले विश्वास लिएको सह–महामन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो ।

म यस अवसरमा वडा अधिवेशनमा निर्वाचित हुनुभएका पदाधिकारीसहित समस्त प्रतिनिधिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै निर्वाचन हुन बाँकी रहेका वडा, नगर र गाउँ, क्षेत्र, जिल्ला, प्रदेश र विदेशस्थित जनसम्पर्क समिति तथा विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा प्रतिनिधि बनेर बी.पी.कोइरालाले देखाउनुभएकोे मार्ग अबलम्बन गर्दैै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको माध्यमबाट समुन्नतिको शिखरमा पुर्याउने प्रतिबद्धतासहित पार्टीको महाधिवेशनमा सक्रिय हुनुभएका देश र विदेशमा रहनुभएका नेपाली कांग्रेसका साधारण सदस्य, क्रियाशील सदस्य, विभिन्न तहका पदाधिकारी तथा कार्यसमितिका सदस्य,शुभेच्छुक एवम् भातृसंस्थाका पदाधिकारी तथा सदस्यहरुसहित शुभेच्छुकहरुमा हार्दिक शुभकामना प्रकट गर्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepaltechnology
Comments (0)
Add Comment