अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध कायम राख्ने चीनको निर्णय

२३ भदौ, काठमाडौं । चीनले अफगानिस्तानमा बनेको नयाँ सरकारसँग पनि राम्रो सम्पर्क राख्ने बताएको छ ।

अफगानिस्तानको पुनर्निर्माणको लागि यो कदम आवश्यक रहेको चीनको भनाइ छ । बुधबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले प्रेस ब्रिफिङको क्रममा यस्तो बताएका हुन् ।

तालिबानले मंगलबार अफगानिस्तानको नयाँ सरकार घोषणा गरेको छ । जसमा आफ्नै संगठनका प्रमुख नेतालाई मुख्य कार्यभार दिएको छ । त्यस्तै उसले अमेरिकाको आतंकवादीको सूचीमा रहेका व्यक्तिलाई पनि सरकारमा सामेल गरेको छ ।

चीनले भने आफूले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय एकरुपताको सम्मान गर्ने वाङले बताएका छन् । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै चीनले खुला र समावेशी सरकार गठन हुनुपर्ने बताएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानको नयाँ सरकारले सबै किसिमका मानिसको कुरा सुनेर आफ्ना मानिसको इच्छा र अन्तर्राष्ट्रिय समुदायको चाहनालाई पनि पूरा गर्नुपर्ने बताएका छन् ।

तालिबानले यसअघि नै चीनलाई आफ्नो महत्वपूर्ण साझेदार मुलुक भएको बताइसकेको छ । चीनले पनि तालिबानले काबुल सहरमा कब्जा जमाएपछि आफ्नो दूतावास बन्द नगरी त्यहाँ रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न सुझाएको थियो ।

एजेन्सीहरुको सहयोगमा

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AfghanistanbusinessChinaCoronavirusCovid-19digital khabarhealthNewsPoliticTalibantechnology
Comments (0)
Add Comment