मन्त्री भुसालद्वारा रुद्रायणी मन्दिर पुनर्निर्माणको शिलान्यास

२३ भदाै, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले खोकनाबासीका आराध्य एवं इष्टदेवता ‘रुद्रायणी’ मन्दिर पुनर्निर्माणको आज शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा उहाँले मन्दिर पुनर्निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधन अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै खोकनावासीका आस्थाको मन्दिरलाई पूर्णता दिन आफूले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

ललितपुर महानगरपालिका–२१ स्थित सो मन्दिर विसं २०७२ वैशाख १२ गते गएको गोर्खा भूकम्पले पूर्णरूपमा क्षति भएको थियो । पुरातात्विक एवं एतिहासिक महत्वका सो मन्दिरको पुनर्निर्माण हालसमम हुन सकेको थिएन । ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार प्राविधिक अध्ययन पूरा गर्न र स्रोतसाधन जुटाउन समय लागेकाले पुनर्निर्माणमा ढिलाइ भएको हो ।

उहाँका अनुसार मन्दिर पुनर्निर्माणका लागि रु ६ देखि सात कारोड लाग्ने अनुमान गरिएको छ । स्थानीय कालीगढको सहयोगमा तीन वर्षभित्र पुनर्निर्माण सकाउने लक्ष्य लिइएको छ । वडाध्यक्ष महर्जनका अनुसार खोकनाबासीले यस देवीको आराधाना गर्दा दु;ख, कष्ट निवारण एवं दुर्घटनाबाट बच्न सकिने विश्वास रहिआएको छ । शक्तिकी देवीका रूपमा पुजीने यस देवीको मन्दिर परिसरमा आश्विन शुल्कपक्ष तृतीयाको दिन जात्रा शुरु भई नौ दिनसम्म लाग्नेछ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको पनि सहभागिता थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DeathdigitalkhabarhealthLockdownNepali NewsPolitic
Comments (0)
Add Comment